केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मैले नेपाली भाषाको बिम्ब प्रयोग गर्दा समाजका पढेलेखेकाहरु नै उखान टुक्का भन्छन्ः ओली

सहयात्रा टिभी

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पढेलेखेकाहरुमै नेपाली भाषाप्रतिको अज्ञानता बढीरहेको वताएका छन् । मंगलवार आयोजित छिन्नलता गीती पुरस्कार अर्पण समारोहमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले पढेलेखेका बिद्धानहरु नै नेपाली भाषाप्रति बितृष्णा पैदा गर्ने काममा लागेको वताएका हुन् ।

‘नेपाली भाषा यति संमृद्ध छ कि, कसैले पनि हाम्रो भाषालाइ टक्कर दिन सक्दैन, तर मैले नेपाली उखान टुक्का र भाषाको संमृद्धिको कुरा गर्छु, मैले बिम्बहरुको प्रयोग गर्छु तर समाजका पढेलेखेकाहरु नै बिम्बको कुरा गर्दा उखान टुक्का भन्छन, तर त्यो उखान टुक्का होइन, नेपाली भाषाका बिम्बहरु हुन,’ ओलीले भने । ओलिले नेपाली भाषा र संस्कृतिप्रतिको मोह बढाउन सवै नेपालीमा अपिल समेत गरे । हाम्रो पुर्खाले काम गरेको बेला आजका साहित्यका बादशाहहरु जंगलमा शिकार खोज्दै हिड्दै थिए होला,’ ओलीले भने, ‘जतिबेला लिपी बनेको थिएन, त्यत्तिबेला पनि लयवद्ध ढंगले नबिर्सने गरी नेपाली भाषाको लिपी थिए, हस्ताक्षरहरु भएका थिए ।’

एमाले अध्यक्ष ओलिले आफ्नो इतिहासप्रति हामी सवै नेपालीले गर्व गर्नुपर्ने आवश्यकतासमेत औल्याएका थिए । ‘हामी आफ्नो इतिहास सम्झनु पर्छ, हामी संमृद्ध इतिहास भएको देशका नागरिक हौं, हाम्रो, कला संस्कृति अरु कुनै देशको भाषा र संस्कृतिसंग तुलना हुनै सक्दैन,’ ओलीको भनाई थियो ।

 

प्रकाशित : 5 July, 2017

प्रतिक्रिया दिनुहोस्