केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कपिलवस्तुको शिवराज नगरपालिकामा बनिन् सबैभन्दा कान्छी उममेयर

सहयात्रा टिभी

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिकाको उपप्रमुखमा २३ बर्से किशोरी शिवकुमारी थारू निर्वाचित भएकी छन् । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेकी थारू सबैभन्दा कान्छी उममेयर हुन् । थारुको प्रतिद्वन्द्वीलाई २ हजार ९ सय ३३ मतले पछि पार्दै विजयी भएकी हुन् ।

शिवकुमारी थारु को हुन् त ?
राजनीतिमा धेरै चासो नभए पनि शिवकुमारीले क्याम्पसमा अध्ययनको क्रममा राजनीतितर्फ प्रवेश गरेकी थिईन् । उनले नेपाल आदर्श बहुमुखी क्याम्पस पुगेपछि अनेरास्ववियुको सदस्यता लिएकी थिईन् । कांग्रेस परिवारमा जन्मिएकी उनि एमाले समर्थित परिवारमा १७ वर्षको उमेरमै बिहे भयो । उनले एक गैरसरकारी संस्थामा सामाजिक पारिचालक भएर काम पनि गरेकी थिईन् ।

थारू समुदायका छोरी उच्चशिक्षासम्म पढ्न पाउने बिरलै हुन्छन् । थारुले अवसर पाईन र आज सानै उमेरमा स्थानीय सरकारको उपमेयर जस्तो पदमा आसिन हुन पुगिन् । बीएड पास गरेकी शिवकुमारीलाई तीन महिनाअघिसम्म राजनीतिमै होमिएर महत्वपूर्ण पद पाउँछु भन्ने कल्पनासमेत थिएन । थारूले अव थारु, मधेसी समुदाय पछि परेको छ, अव म सामाजिक रूपान्तरण गर्ने आफ्नो पहिलो काम भएको वताएकी छन् ।

 

 

प्रकाशित : 5 July, 2017

प्रतिक्रिया दिनुहोस्