केपी ओली प्रचण्ड माधव नेपाल एमाले


झापाको कमल गाउँपालिकाका अध्यक्षका उम्मेदवारको वरावरी मत आयो, गोला प्रथाबाट एमाले विजयी

सहयात्रा टिभी

झापा । झापाको कमल गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका फरक दलका उम्मेद्वारको मत बराबर आएको छ । नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राई र एमालेकी अध्यक्ष उम्मेदवार मेनुका काफ्लेको मत बराबर आएको हो । उनिहरुको वरावरी मत आएपछि गोला प्रथाबाट अध्यक्ष चयन गरिएको छ । वरावरी मत आएपछि विजयी घोषणा गर्नका लागि गोला प्रथाको उपाय अपनाईएको थियो ।

गोला प्रथाबाट एमालेकी अध्यक्ष उम्मेदवार मेनुका विजय भएकी छन् । अन्तिम परिणाम अनुसार राई र काफ्लेको समान ८ हजार २ सय २५ मत प्राप्त भएको थियो ।

 

प्रकाशित : 5 July, 2017

प्रतिक्रिया दिनुहोस्