केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वुधवार देखि सेयर कारोबारको रकम कारोबारपछिको दुई दिन भित्र वुझाईसक्नुपर्ने

सहयात्रा टिभी

काठमाडौं । तपाई शेयरको कारोवार कतिको गर्नुहुन्छ ? यदि कारोवार गरिरहनुहुन्छ भने तपाईले थोरै चनाखो हुनुपर्ने भएको छ । बुधवारबाट लागू हुने गरि सेयर लगानीकर्ताहरुले सेयर कारोबारको रकम कारोबारपछिको दुई दिन भित्रमा नै बुझाउनुपर्ने नियम लागू भएको छ । यसअघि शेयर किनेको ३ दिन भित्रमा सेयर कारोबार राफसाफ गर्नुपर्ने नियम थियो भने अवदेखि कारोबार राफसाफ दुई दिनभित्र नै गरिसक्नु पर्नेछ ।

हालै क्लियरिङ बैंक ४ वटा थपेको र शेयर ब्रोकरहरुले नेट सेटलमेन्ट गर्न सकिने सुविधा दिएको सिडिएस एण्ड क्लियरङि लिमिटेडले कारोबारको चक्र घटाएको हो ।

नयाँ व्यवस्था अनुसार अब सेयर किन्नेले किनेको दुई दिनभित्रमा नै रकम वुझाईसक्नुपर्नेछ भने विक्री गर्नेले पनि दुई दिन भित्रमा नै विक्रिका लागि जारी गरेको स्लिप बुझाउनुपर्नेछ ।

प्रकाशित : 5 July, 2017

प्रतिक्रिया दिनुहोस्