केपी ओली प्रचण्ड माधव नेपाल एमाले


असार १६ देखि डुबानमा परेको सप्तरीको जनजीवन थप कष्टकर

सहयात्रा टिभी

काठमाडौं । सप्तरीमा डुबानका कारण जनजिवन कष्टकर वनेको छ । वर्षाका कारण गत असार १६ देखि डुबानमा परेको सप्तरीमा बुधबारदेखि फेरि पानी परिरहेकोले डुबान पीडितको उद्धार गर्न र बाँध बनाउन समस्या भएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । बाढी र डुबानले पूर्वी सप्तरीका हनुमान कंकालिनी, तिरहुत लगायतका गाउँ बढी प्रभावित भएका छन् । ठाडोखोला, सुन्दरी खोला, मौली खोला, लगायतका खोला बाँध भत्काएर गाउँ पसेको छ ।

बाढी बढेका कारण बाँध बाँध्न समस्या भएका कारण सप्तरीका वासिन्दा थप समस्यामा परेका छन् । बाँध बाँध्न र उद्धारको लागि नेपाली सेना, सशस्त्र प्रहरी, र नेपाल प्रहरी परिचालन गरिएको पनि जिल्ला प्रशासन कार्यालय सप्तरीले जानकारी दिएको छ । यस्तै, गृह मन्त्रालयले वर्षाको समयमा हुन सक्ने प्राकृतिक विपत्तिमा परेकालाई उद्धार र राहतको लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको तालिम प्राप्त फोर्स तयारी अवस्थामा राखेको जनाएको छ ।

प्रकाशित : 6 July, 2017

प्रतिक्रिया दिनुहोस्