सामाजिक सञ्जालमा गर्ने पोष्टबाट सर्वाधिक आम्दानी गर्ने सूचिमा रोनाल्डो तेस्रो स्थानमा

सहयात्रा टिभी

एजेन्सी । क्रिष्टियानो रोनाल्डोले सामाजिक सञ्जालमा गर्ने पोष्टबाट कति कमाउलान् ? रोनाल्डोले तपाई हामीले अन्दाज गरेभन्दा निकै नै ठूलो मात्रामा आम्दानी गर्ने गरेको प्रतिवेदन सार्वजनिक भएको छ । रोनाल्डोले आफ्नो इन्स्टाग्राममा गर्ने एउटा पोष्टबाट झण्डै तीन लाख १० हजार पाउण्ड स्ट्रलिङ (४१ करोड ५ लाख ८० हजार रुपैयाँ) आम्दानी गर्ने दाबी होपरले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसो त सामाजिक सञ्जालमा गर्ने पोष्टबाट सर्वाधिक आम्दानी गर्नेको सूचिमा रोनाल्डो तेस्रो स्थानमा परेका छन् । पहिलो स्थानमा सेलेना गोमेज र दोस्रो स्थानमा किम कार्डा्सियन छन् । शीर्ष १० मा पर्ने रोनाल्डो एक मात्र फुटबल खेलाडी हुन् ।

प्रकाशित : 6 July, 2017

प्रतिक्रिया दिनुहोस्