केपी ओली प्रचण्ड माधव नेपाल एमाले


धरानमा चार दिन अघिदेखि स्थगित भएको मतगणना पुनः सुरु

सहयात्रा टिभी

धरान । धरानमा मतगणना पुनः सुरु भएको छ । चार दिन अघिदेखि स्थगित भएको मतगणना विहिवारवाट पुनः शुरु गरिएको हो । संघीय समाजवादी फोरमको मत मालेको खातामा परेको भन्दै दलहरु विच विवाद भएपछि धरानमा मतगणना रोकिएको थियो । निर्वाचन अधिकृत जयप्रसाद महतलाई हटाएर कमल थापालाई निर्वाचन अधिकृतमा नियुक्त गरेपछि धरान ११, १२ र १३ को मतगणना सुरु भएको हो । निर्वाचन अधिकृतसहित सवै पुराना कर्मचारीलाई हटाई जिल्ला प्रशासन कार्यालयका नयाँ कर्मचारीलाई मतगणनाको लागी ल्याईएको छ ।

प्रकाशित : 6 July, 2017

प्रतिक्रिया दिनुहोस्