१८ बर्षदेखि ओढारमा, बेसहारा बृद्धाको बाँच्ने चाहना १८ बर्षदेखि ओढारमा, बेसहारा बृद्धाको बाँच्ने चाहना
सहयात्रा टिभी
सिमकोट । “यई (यही) अँध्यारो ओढार भित्त यई चाउचाउको खोलमै रात काट्टो छु । छकाल (बिहान) घाम लाग्यापुणा (घाम लागे पछि) हणपुणो (शरिरमा) तातो लागला (लाग्ला) की निद लाग्दोछ । दिउँस बेल (सुर्य) सर्गका (आकासको) माज्जै थी (बिचमा अर्थात अन्दाजी १२ बजे) आयापुणा (आएपछि) उठी एक मुठो चामल भिजाईकन मुख जुठ्याउँदो (खान्छु) छु ।”
सुन्दा नै निकै बिरक्त लाग्ने यो कष्टकर दैनिकी हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिकाको वडा नम्बर ८ अन्तरगत खोल्सी माइत भएकी ८४ वर्षीया गोला शाहीको हो । शरिरमा कुष्ठ रोग झाँङ्गीदै गएपछि १८ वर्ष अघि गाउँदेखि आधा घण्टाको दुरीको ढुङ्गे ओढारमा बस्दै आउनु भएकी शाहीले यसरीनै दिन रात बिताइरहनु भएको छ ।
आँखाभरी आँसु । चाउरी परेको अनुहार । घरबाट कुष्ठरोगी भन्दै गाउँ भन्दा टाढाको वनतिर पठाएको पीडा । घाँटीमा रातो, पहेंलो, र हरियो रङ्गको पोते । हातमा बाला । शरीरमा फाटेका लुगा । नत गास नत बास नै ! वर्षाको झरी र हिउँदको माइनस २० डिग्री भन्दा माथीको चिसो जस्तो सुकै मौसममा पनि अँध्यारो ओढार भित्र वृद्धा गोलाको दिनचर्या चलिरहेको छ ।
पतिको मृत्यु पछि वेसाहारा हुनु भएकी ८४ वर्षीया गोलाले आफू १८ वर्षदेखि ओढारमा बस्दै आएको बताउनुभयो । ठ्याक्कै कुन सालदेखि आप्mनो ओढारको वास शुरु भएको बारेमा एकिन नभएपनि ओढार देखि ५० मिटरमाथि २०५७ सालमा स्थापना भएको सत्य प्राथमिक विद्यालय आफू ओढारमा बसेको एक वर्षपछि स्थापना भएको उहाँलाई सम्झना छ ।

२०४८ सालदेखि आप्mना श्रीमानको कृष्ठरोगकै कारण मृत्यु भएपछि आफूमा समेत त्यसको लक्षण देखिएको बताउनु हुने गोलाले उपचारका लागि नेपालगञ्ज, धनगढी समेत पुग्नु भयो । अन्तमा सञ्चो नभएपछि श्रीमानको घर भएको बझाङ्गका केही व्यक्तिको सल्लाहमा माइती गाउँमै आएमा राम्रो हुने आशले आफू नाम्खा गाउँपालिकाको लामा खोल्सीको जङ्गलमा रहेको ओढारमै आप्mनो बाँकी जीवन कटाउने सोचले आएको बताउनुभयो । पतिको मृत्युपछि बेसहारा हुनु भएकी सिमकोट गाउँपालिका ८ खोल्सी गाउँकी गोलाले कुष्ठरोगको समस्याले दुवै हातका औँला गुमाइसक्नु भएको छ । हातका औला नहुँदा काम गर्न नसक्ने र खुट्टामा गम्भीर प्रकृतिका घाउ हुँदा हिडडुल गर्न समेत नसक्ने भएपछि उहाँलाई आजकाल बिहान र बेलुकाको छाक टार्न समस्या भएको छ ।
कलिलै उमेरमा कुष्ठरोग लागेपछि उहाँले काम गर्न सक्नु भएन । १८ वर्षमा झण्डै पाँच वर्ष बराबरको समयसम्म आफू भोकै बसेको बताउनुहुने गोलाले औला नभएका हातले आँशु पुछ्दै भन्नुभयो “मेरो त कर्म खोटो रहेछ । मरु भन्दापनि मर्न सकिन गरु भन्दापनि हातका औला छैन्न । रोगले खुट्टा पनि छुट्टीन लागेपछि हिड्न धेरै गाह्रो हुन्छ ।” १८ वर्षे ओढारको जीन्दगीमा कहिल्यै पेटभरी खान नपाएको बताउनु हुने गोलाले थप्नुभयो, ‘शुरुको ओढारको जीन्दगी त निकै पिडादायी भयो भने आजकाल त झन कतैबाट झिङ्गो उडेर नी मुखमा पस्दैन् ।’
हिड्न सकेको बेला दिनभरी लगाएर लामाबस्ती भएको खगालगाउँमा कसैको काम गरेर त कसैबाट मागेर खाने गरेको बताउने गोला कहिले भोकभोकै सुत्ने गरेको बताउनुहुन्छ । ओढारमा रातभरी चिसो, दिनभरी घाम अनि भोको पेट, वृद्ध अवस्थाको पीडा कसैले पनि नदेखेको भनेर अन्नपूर्णसँग निकै भक्कानिएर रुदै आफूले १८ वर्षसम्म पाएका दुख, पीडा र जीवनभरका वेदनालाई सुनाउनुभयो । सानैमा बझाङ जिल्लाको पिमीनौरा गाउँमा विवाह गर्नु भएकी गोला, १९ वर्ष अघि कुष्ठ रोगकै कारण पतिको मृत्यु भएपछि माइतीको साहाराको आशा गरेर हुम्ला आएको बताउनुभयो ।
पोइली घरमा श्रीमानको मृत्युपछि आफूलाई असुरक्षित ठानेर माइतीबाटै सहयोग पाउने आशले हुम्ला आउनु भएकी उहाँले माइतबाट थप पिडा पाउने देखेपछि सिधैं ओढारको शरणमा परेको खुलासा गर्नुभयो । प्राय कोहीपनि ओढारमा नआउने र आएपनि आफू नबोल्ने गरेको बताउँदै उहाँले अन्नपूर्णसँग भन्नुभयो“शुरुमा त माइतमा दुई दाजु, दुई भाइ छन् । माइती गाउँमा पनि सानो हुञ्जेल कुनै न कुनै गुन लगाएकै छु । मलाई केही केही त सहयोग पाइएला नी भन्ने आशले आए तर सहयोग भन्दा उल्टै दाजु, भाई देखि गाउँलेले कोणीनी (कुष्टारोग लागेकी) हाम्रो नजिक नआ । मर्नपनि सक्दीनस् भनेर घरको छेउछाउ नै पर्न नदिएपछि बाध्य भएर जंगलको ओढारलाई आप्mनो वासस्थान बनाएकी हुँ ।” १० वर्षदेखि माइती घर भएको खो
