केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालगञ्ज उपमहानगरमा नव निर्वाचित प्रमुख डा. राणा सहित सवै पदाधिकारीले गरे सपथग्रहण

सहयात्रा टिभी

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका नवनिर्वाचित उम्मेदवारले विहिवार पदभार ग्रहण गरेका छन् । मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरुले विहिवार नै सपथग्रहण तथा पदभार ग्रहण गरेका हुन् । नव निर्वाचित प्रमुख डा. धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर र २३ वटा वडाका वडाध्यक्षहरुलले मुख्य निर्वाचन अधिकृतबाट सपथग्रहण गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतबाट सपथ लिएपछि नव निर्वाचित प्रमुख डा.राणाले २३ वडाका निर्वाचित सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण कार्यक्रममा उपमहानगरपालिका मेयर डा. राणाले नेपालगन्जको विकासका निमित्त पार्टीगत स्वार्थ भन्दा माथी उठेर विकास लगायतका काममा लाग्न नव निर्वाचित सबैमा आग्रह गरेका छन् ।

 

प्रकाशित : 6 July, 2017

प्रतिक्रिया दिनुहोस्