केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बैतडीमा बस दुर्घटना, ५ घाइते

सहयात्रा टिभी

बैतडी । काठमाडौंबाट बैतडीका लागि छुटेको यात्रुवाहक बस शुक्रबार बिहान दुर्घटनामा परेको छ । बा ३ ख ५१७५ नम्वरको बस महाकाली राजमार्गअन्तर्गत बैतडीको गोकुलेश्वर सडकखण्डमा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइते हुनेमा बैतडीको सुर्नया–३ का २४ वर्षीय गाडी चालक रामदत्त भट्ट, डोटी गैराका १८ वर्षीय गाडी स्टाफ लोकेश बोहरा, डडेल्धुरा जोगबुढा–२ का गाडी स्टाफ भरत बिष्ट, बैतडी दोगडाकेदार–७ का हरिसिंह कार्की र सोही ठाउँ बस्ने १७ बर्षीय दीपक लुहार रहेका बैतडी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते ५ जनाको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्दा थप उपचारका लागि डडेल्धुरा पठाइएको छ । बस सडकबाट झण्डै २ सय मिटर तल खसेको थियो ।

प्रकाशित : 7 July, 2017

प्रतिक्रिया दिनुहोस्