कमैया र डकर्मी काम गरेका भागिराम वने वडा अध्यक्ष

सहयात्रा टिभी

धनगढी । धनगढी उपमहानगरपालिका वडाध्यक्षमा उम्मेदवारी दिएका माओवादी केन्द्रका भागीराम चौधरी विजयी भएका छन् । वडाध्यक्षमा विजयी भएका भागीराम चौधरीको पृष्ठभूमि फर्केर हेर्दा उनि धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मा शिक्षक फुलीराम चौधरीको घरमा कमैया बसेर पास भएका भागीराम झण्डै ८ वर्ष कमैया बसे ।

त्यसपटि उनले लगभग ३ वर्षसम्म रिक्सा चलाएर जिविका चलाए भने उनले ३ वर्ष जति होटलको भाडा पनि माझे । त्यसपश्चात सुरुमा फर्निचर बनाउने काम गरे । फर्निचरको काम सिकेर मिस्त्री पेशामा लागेका भागीरामको दैनिकी फेरीन थाल्यो । कमैयाबाट सुरु भएको भागीरामको यात्रा घर निर्माण गर्ने एउटा कुशल डकर्मीसम्म पुग्यो । अहिले धनगढीमा बलिया तथा भूकम्प प्रतिरोधात्मक भएको भवन बनाउने डकर्मीमा भागीरामको नाम अग्रस्थामा आउँछ ।

अहिले भने तिनै कमैया वसेका भगिराम धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्षमा विजयी भएका छन् । जितपछि भागीरामले भने घर निर्माण बनाउने हातले अब ६ नम्बर वडाको विकासको रेखा कोर्नेछु । ‘अब वडा नम्बर ६ को जग हाल्छु, ५ वर्षमा एउटा सुविधा सम्पन्न घर निर्माण गर्नका लागि तर त्यो घर कति तलाको हुन्छ त्यो भने समयले नै बताउने छ’ उनले भने ।

प्रकाशित : 7 July, 2017

प्रतिक्रिया दिनुहोस्