केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दाङमा एमाले र माओवादीबिच तालमेल, प्रमुखमा एमाले र उपप्रमुखमा माओवादीले पाउने सहमति

सहयात्रा टिभी

दाङ । दाङ जिल्ला समन्वय समिति गठन र स्थानीय तहका कार्यपालिका गठनमा नेकपा एमाले र नेकपा माओवादीबिच तालमेल गर्ने सहमति भएको छ । दुइ दलको शुक्रवार बसेको बैठकले सो सहमति गरेको हो । दुइ दलको बैठकवाट जिल्ला समन्वय समितिको प्रमुख एमालेले पाउने र उपप्रमुख माओवादीले पाउने सहमति भएको छ । सात सदस्य रहने सो समितिमा चार जना एमाले र तीन जना माओवादीले पाउने गरि भागवण्डा मिलाईएको छ ।

त्यस्तै, बबइ गाउँपाकिलामा दलित वा अल्पसंख्यकबाट एक जना माओवादी केन्द्रलाई दिने सहमति भएको छ ।

प्रकाशित : 7 July, 2017

प्रतिक्रिया दिनुहोस्