केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भरतपुर प्रकरणको शुक्रवार हुने भनिएको सुनुवाई सर्यो, अर्को पेशी आगामी सोमबार हुने

सहयात्रा टिभी

काठमाडौं । भरतपुर महानगरपालिकाको वडा नं. १९ को मतपत्र च्यातिएको विषयमा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ फेरि सरेको छ । यसअघि मुद्दाको सुनवाइ शुक्रबारका लागि तोकिएको थियो । न्यायाधीशद्धय मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा पेशी तोकिएको थियो । यसअघि कायममुकाय प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले यो मुद्दा हेर्दै आएको थियो । शुक्रबार समय अभावको कारण देखाउदै अर्को पेशी आगामी सोमबारका लागि तोकिएको छ ।

मतगणनाको क्रममा च्यातिएका ९० मतपत्र सर्वोच्चमा ल्याइएको छ । भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनबाट मेयरमा माओवादीकी रेणु दाहाल र एमालेबाट मेयरमा देवी ज्ञवाली प्रतिस्पर्धामा छन् ।

 

 

प्रकाशित : 7 July, 2017

प्रतिक्रिया दिनुहोस्