केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आईतवार गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति सम्मान गर्दै गुरुपूर्णिमा पर्व मनाइँदै

सहयात्रा टिभी

काठमाडौं । आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमाका दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति सम्मान र सत्कार स्वरुप गुरुपूर्णिमा पर्व मनाइँदैछ । आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्दा भाव प्रकट गरी गुरु पूर्णिमा मनाउने परम्परा नै रहेको छ ।

गुरु पूर्णिमामा सायंकालको व्रत वसि गुरुप्रति श्रद्धाभाव प्रकट गरि यो पर्व मनाईन्छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । यसैले आफूलाई ज्ञानरुपी प्रकाशले अज्ञानतालाई हटाई ज्ञान देखाउने गूरुप्रति नमन गर्दै गुरु पूर्णिमा मनाइन्छ । गुरुपूर्णिमाका अवसरमा आज विद्यालय तथा विभिन्न संघ–संस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गरि मनाउदैछन् ।

गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमस अर्थात्

गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन्, गुरु भनेकै भगवान शंकर हुन् । गुरु नै साक्षात परब्रह्म, यस्ता गुरुलार्इ म नमस्कार गर्दछु भनि श्रद्धाभावका साथ आईतवार गूूरु पूर्णिमा मनाईदैछ ।

प्रकाशित : 9 July, 2017

प्रतिक्रिया दिनुहोस्