केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विराटनगर महानगरपालिकामा कांग्रेस विजयी

सहयात्रा टिभी

विराटनगर । विराटनगर महानगरपालिकामा कांग्रेस विजयी भएको छ । कांग्रेसका मेयरका उम्मेदवार भीम पराजुली र उपमेयरमा इन्दिरा कार्की विजयी भएका हुन् । मेयर पराजुलीले २३ हजार ३१ मत प्राप्त गरी विजयी भए भने उनका निटकतम प्रतिद्धन्दी एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ र संघीय समाजवादी फोरमका उमेश यादवले १४ हजार ९ सय ५८ मत मात्र प्राप्त गरे ।
त्यस्तै, उपमेयरमा कांग्रेसकी इन्दिरा कार्कीले २० हजार १ सय ४६ मत ल्याएर विजयी भईने भने, उनको निकटम प्रतिद्धन्दी माओवादी केन्द्रकी नमिता न्यौपानेले ११ हजार ५ सय २४ मत मात्र प्राप्त भयो ।

स्थानीय तहको निर्वाचनमा विराटनगरमा नेकपा एमाले र नेपाल लोकतान्त्रिक फोरम र माओवादी केन्द्र एवं संघीय समाजवादी फोरमले मेयर तथा उपमेयरमा तालमेल गरेका थिए ।

प्रकाशित : 9 July, 2017

प्रतिक्रिया दिनुहोस्