केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सल्यानमा बस दुर्घटना २ को मृत्यु, २६ घाइते

सहयात्रा टिभी

सल्यान । सल्यानमा यात्रुवाहक वस दुर्घटना भएको छ । आइतबार भएको बस दुर्घटनामा २ जनाको उपचारको क्रममा मृत्यु भएको छ भने २६ जना घाइते भएको सल्यान जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ । मृत्यु हुने २ जनाको सनाखत हुन सकेको छैन ।

दाङबाट रुकुमकोटतर्फ हिँडेको सिस्ने हिमाल यातायात व्यवसायी समिति रुकुमको ना ४ ख ५७५४ नंम्बरको बस सल्यानको त्रिवेणी गाउँपालिका ५ सल्लेखोलामा दुर्घटनामा परेको हो । बस सल्लेखोलाको भीरबाट सय मिटर तल खेतमा खसेको छ । बसमा २८ जना यात्रु सवार थिए ।

 

प्रकाशित : 9 July, 2017

प्रतिक्रिया दिनुहोस्