केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मतदाताले उम्मेदवारलाई अस्वीकार गर्न पाउने व्यवस्था ल्याउन संसद्मा प्रस्ताव, प्रस्ताव पारित भए मत दिन्न भन्न पाईने

सहयात्रा टिभी

काठमाडौं । नेपालमा निर्वाचनका वखत कुनै दलका उम्मेदवार मन परेन वा मत दिन्न भन्ने अधिकार यसअघि थिएन । अव भने तपाई हामीले कुनै दलका उम्मेदवार मन परेन र आफ्नो मत दिन नचाहेको खण्डमा मत दिन्न भन्न पाईने कानुनी व्यवस्था पनि आउन लागेको छ । अव मत दिन सहमत नभएको खण्डमा मतदान केन्द्रमा गएर कुनै पनि उम्मेदवार ठीक छैनन वा कसैलाई पनि मत दिन्न भन्नका लागि छिट्टै कानुनी व्यवस्था नेपालमा पनि आउने भएको छ ।

निर्वाचन आयोगले प्रदेश, सभा सदस्य निर्वाचनमा सबै उम्मेदवारलाई मतदानमार्फत नै स्वीकार गर्ने वा अस्वीकार गर्ने सो कानुनी व्यवस्था लागू गर्न सकिने ‘नन अफ द एभोब (नोटा)’ व्यवस्था ल्याउन संसद्मा प्रस्ताव गरेको छ । यदि सो मस्यौदा संसद्बाट पारित भयो भने आयेगले मतपत्रमा छाप्दा सोहि व्यहोरा खुल्ने मतपत्र छाप्ने जनाएको छ । मतदाताले कुनै उम्मेदवार वा कुनै दललाई स्वीकार गर्ने वा अस्वीकार गर्ने भन्ने प्रावधान विधेयकको दफा ७५ मा उल्लेख छ ।

 

 

 

प्रकाशित : 9 July, 2017

प्रतिक्रिया दिनुहोस्