केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आईतवारदेखि नारायणघाट–मुग्लिन सडक खण्डमा दिनमा मात्रै सवारी चल्न दिईने, रातमा वन्द

सहयात्रा टिभी

चितवन । पहिरोको जोखिम र यात्रुको सुरक्षाको कारण आईतवार देखि नारायणघाट–मुग्लिन सडकखण्ड दिनमा खोल्ने र रातको समयमा बन्द गरिने भएको छ । नारायणघाटबाट मुग्लिनतर्फ जाने गाडीलाई बेलुकी ६ बजे दासडुंगामा रोकिने र रोकिएको गाडीहरुलाई भोलिपल्ट बिहान ४ बजे मात्रै जान दिईने भएको छ । त्यस्तै, मुग्लिनबाट नारायणघाटतर्फ आउने गाडीहरुलाई बेलुकी ७ वजे रोकिने मुग्लिनमा र भोलिपल्ट बिहान ५ बजे मात्रै जान दिईने भएको छ । निर्माणाधिन नारायणघाट–मुग्लिन सडकखण्डमा पहिरो गईरहने कारण त छदैछ, त्यसमाथि अहिले वर्षायाम भएका कारण पनि साना ठूला पहिरो गईरहने कारणले पनि रातको समयमा गाडी आवातजावातमा रोक लगाईएको प्रमुख जिल्ला अधिकारी नारयाण प्रसाद भट्टले जानकारी दिएका छन् । पहिरो लगायतका जोखिमबाट हुने जनधनको क्षतिवाट जोगाउन रातको समयमा बन्द गर्न लागिएको हो ।

यसअघि नारायणघाट–मुग्लिन सडकखण्डसडक निर्माणको कामलाई सहज वनाउनका लागि नारायणघाट–मुग्लिन सडकखण्ड दिनमा मात्रै बिहान १० देखि ४ बजेसम्म बन्द हुँदै आएको थियो ।

 

प्रकाशित : 9 July, 2017

प्रतिक्रिया दिनुहोस्