केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाली सेनाले खोल्यो कालीगण्डकी करिडोरको ट्रयाक

सहयात्रा टिभी

बागलुङ । कालीगण्डकी करिडोरको ट्रयाक खुलेको छ । चीनको कोरला (उपल्लो मुस्ताङ) देखि भारतको सुनौली नाका जोड्ने छोटो दुरीको कालीगण्डकी करिडोरको सडक खुलेको हो । बागलुङ खण्डको २६ कि.मी. सडक खण्ड निर्माण गर्न नेपाली सेनाले निरन्तर अगाडी वढाएपछि ठूला ठूला चट्टान, भीर, पहरा भएपनि सो सडक निर्माण कार्य सकिएको हो ।

नेपाली सेनाको निर्माण कार्यदलका अनुसार सो सडक निर्माणका क्रममा यस वर्ष मात्रै करिब ३३ करोड रुपैयाँ लागतमा बागलुङ खण्डको ट्र्याक खोलिएको जानकारी दिईएको छ भने बागलुङ खण्डमा अहिलेसम्म ५६ करोड खर्च भएको जनाईएको छ ।

 

प्रकाशित : 9 July, 2017

प्रतिक्रिया दिनुहोस्