केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सेती नदिमा परि एकै परिवारका ३ जना दाजुभाई वेपत्ता

सहयात्रा टिभी

बझाङ । वझाङ काँडा गाउँपालिका वडा नम्बर २ का एकै परिवारका ३ जना दाजुभाई सेती नदीले वगाउदा वेपत्ता भएका छन् । उनिहरु माईति आएकी दिदीलाई उनको घर पुर्याएर फर्कने क्रममा सेती नदीले वगाएर वेपत्ता भएका हुन् । काँडा गाउँपालिका वडा नम्बर २ मा कक्षा १० मा पढ्ने १७ वर्षका धिरेन्द्र बोहरा, कक्षा ८ मा पढ्ने १५ वर्षका उज्वल बोहरा र कक्षा ८ मा पढ्ने १४ वर्षका लोकेन्द्र बोहरा वेपत्ता भएका हुन् । वैशाखमा माइती मान्न आएकी दिदी सृजनालाई उनको घरमा पुर्याउन तिनै जना दाजुभाई दिदी सृजनाको घर गएका थिए ।

बर्षातको समय र लगातार परिरहेको पानीका कारण सेती खोला बढेका थियो । बझाङ जिल्लाकै सबैभन्दा दुर्गम मानिने काँडा गाउँपालिकामा झनै धेरै खोलानाला छन् । काँडा गाउँपालिकाका बासिन्दाले आफै मिलेर निर्माण गरेको काठे पुुलवाट त्यहांका स्थानिय आवातजावत गर्ने गर्थे । झण्डै ५ महिना अघि निर्माण गरिएको घाटगंगाको काठे पुल कमजोर भईसकेको थियो ।

 

२१ असारमा दिदी सृजनालाई पुर्याएर घर फर्कदै गर्दा तीनै जना दाजुभाई काठेपुलको बिचमा पुुग्ने वित्तिकै काठेपुल राख्नका लागि निर्माण गरिएको वारीपट्टीको पर्खाल भत्किएर पुल सहित तिनै जना दाजुभाईलाई वगाएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । हेर्दाहेर्दै काठको पुलसंगै तीनै जना बालक घाँट गंगामा बेपत्ता भए काँडा–२ का स्थानीय बासिन्दा बसन्त बोहराले जानकारी दिईन् । वेपत्ता तिनै जना दाजुभाईको स्थानीय बासिन्दामार्फत घाँट गंगाको किनारमा खोजी कार्य भईरहेको छ ।

प्रकाशित : 11 July, 2017

प्रतिक्रिया दिनुहोस्