केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कास्कीको हर्पन खोलामा वेपत्ता भएका व्यक्तिको उद्धारमा खटिएका प्रहरीको डुवेर ज्यान गयो

सहयात्रा टिभी

कास्की । कास्कीको हर्पन खोलामा वेपत्ता भएका व्यक्तिलाई वचाउने क्रममा एक प्रहरीको डुवेर ज्यान गएको छ । माछा मार्नका लागि फालेको बल्छी तान्ने क्रममा एक जना वेपत्ता भएका थिए । वेपत्ता भएकाको खोजीमा खटिएको प्रहरीको उद्धार टीममध्ये एक सदस्यको ज्यान गएको छ । वेपत्ता दुईमध्ये एकको शव भेटिएपछि शव निकाल्ने क्रममा डुबेर प्रहरी जवान बलबहादुर कुँवरको ज्यान गएको प्रहरीले जनाएको छ ।

को हुन् त प्रहरी जवान कुँवर ?
कुँवर नेपाल प्रहरीमा ६ वर्षदेखि विपद् व्यवस्थापनमा सक्रिय रुपमा काम गर्दै आईरहेका थिए । पर्वत कुस्मा नगरपालिका १२ स्थायी घर भएका कुँवर यसअघि पनि पोखराको सेती नदी, पातले छाँगो लगायतका स्थानमा फसेकाहरुको उद्धारमा सक्रिया रुपमा लागिरहन्थे ।

प्रकाशित : 11 July, 2017

प्रतिक्रिया दिनुहोस्