केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुदूरपश्चिमलाई चिनाउने देउडा गितका साथमा श्रृंखला

सहयात्रा टिभी

काठमाडौं । आफ्नो संस्कृति र संस्कार झल्कने गित संगितको माध्यमवाट आ आफ्नो ठाउलाई चिनाउने काम विशेषगरि कलाकारिता क्षेत्रवाटै हुने गर्छ । यस्तै, सुदूरपश्चिमलाई चिनाउने गायक हुन्, नन्दकृष्ण जोशी । उनले गाएको देउडा लयको ‘झ्याम्म झ्याम्म’ गीत निकै चर्चीत छ । यस माझमा उनकी छोरी श्रृंखला जोशीले आफ्नै पिताको चर्चीत गीत ‘झ्याम्म झ्याम्म’ गाएर संगित क्षेत्रमा डेब्यु गरेकी छन् । आफ्नै पिताको देउडा गितलाई देउडा र लोकपपको फ्युजन गरेर श्रृंखलाले उक्त गित गाएकी छन् । सहयात्राटीभी संगको कुराकानीमा जोशिले भनिन् करिव ६ वर्षसम्म संगित सिकेँ अनि देउडा गितबाट करियर स्टार्ट गरेकी हुँ । उनले सो म्युजिक भिडियोमा आफैले अभिनय पनि गरेकी छन् ।

प्रकाशित : 11 July, 2017

प्रतिक्रिया दिनुहोस्