केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ट्रम्प–पुटिन विच पहिलो भेटवार्ता, नाकाबन्दीको विषयमा कुराकानी भएको ह्वाइट हाउसद्धारा जानकारी

सहयात्रा टिभी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच जर्मनीमा भएको भेटवार्तामा नाकाबन्दीका विषयमा कुराकानी भएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । जर्मनीको ह्याम्बर्गमा गत हप्ता दुई देशका राष्ट्रपतिको हैसियतमा जि २० को सम्मेलनमा उहाँहरुबिच पहिलो पटक भेटवार्ता भएको हो ।

सो वार्ताका क्रममा उहाँहरुबिच सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको चुनावमा रुसको हस्तक्षेप भएको भन्दै नाकाबन्दीका विषयमा पनि कुराकानी भएको बताइएको थियो । तर त्यस विषयलाई अमेरिकी राष्ट्रपति ट्रम्पले भने अस्वीकार गर्नुभएको थियो । उहाँले आफ्नो भेटका क्रममा रुसी राष्ट्रपति पुटिनसँग अन्य विषयमा कुराकानी भए पनि नाकान्दीका बारे भने कुरा नभएको बताउनुभएको थियो ।
राष्ट्रपति ट्रम्पले यो दाबी गरेको दुई दिनपछि ह्वाइट हाउसले भने त्यसको पनि खण्डनको स्वरुपमा यो खुलासा गरेको हो । ह्वाइट हाउसका प्रवक्ता सराह हकाबी स्यान्डर्सले उहाँहरुबिच नाकाबन्दीका बारेमा पनि कुराकानी भएको जानकारी सोमबार दिनुभएको थियो ।
यो भेटमा दुई देशबिचको सम्बन्ध थप विकास र प्रवर्धनका लागि पहिलो परीक्षणका रुपमा यो भेटवार्तामा कुराकानी भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जी–२० समूहको सम्मेलनमा सहभागिताका लागि जर्मनीको ह्यामबर्ग जानुभएको थियो । सो सम्मेलनपछि उहाँहरुबीच भेटवार्ता भएको थियो ।
रुससँग संयुक्तराज्य अमेरिकाका धेरै विषयमा मतभेद छन् । सन् २०१६ को आम निर्वाचनमा रुसको संलग्नताको कुरा गत वर्ष नै बाहिर आएको थियो । यद्यपि यो मुद्दा पुष्टि भइसकेको भने होइन ।
यसैगरी उहाँहरुबिच पछिल्लो समयमा उत्तर कोरियाले गर्ने गरेको आणविक परीक्षणको विषयमा पनि कुराकानी भएको बताइएको थियो । उत्तर कोरियाप्रति रुस विगत देखि नै तटस्थ रहँदै आएकोले अमेरिकाले रुसलाई सो विषयमा कुराकानी गर्न आग्रह गरेको बताइएको थियो । राष्ट्रपति ट्रम्पले जुन विषयमा आफूले कुराकानी नगरेको बताउनुभएको थियो । सोही विषयमा विवादास्पद हुनेगरी कुरा भएको भनी ह्वाइट हाउसले नै यो बिषय बाहिर ल्याएको सञ्चारमाध्यमले जनाएका छन् । –रासस

प्रकाशित : 11 July, 2017

प्रतिक्रिया दिनुहोस्