केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दोस्रो चरणको चुनावको ३ सय ३४ स्थानिय तहको नतिजा आयो, तीनवटै प्रदेशमा एमाले वन्यो पहिलो पार्टी

सहयात्रा टिभी

काठमाडौं । स्थानीय तहमा दोस्रो चरणको चुनाव भएका ३ सय ३४ स्थानिय तहको नतिजा आएको छ । दोस्रो चरणको चुनावमा एमाले तीनवटै प्रदेशमा पहिलो भएको छ । प्रदेश नम्वर १ को १४ जिल्लाका १ सय ३७ स्थानीय तहमध्ये एमाले ६९ तहमा विजयी भई पहिलो पार्टी वनेको छ । पहिलो चरणको चुनावमा पनि प्रदेश नं. २ र ६ मा एमाले पहिलो भएको थियो । दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेस ५१ स्थानीय तहमा विजयी भई दोस्रो पार्टी बनेको छ भने माओवादी केन्द्र ९ स्थानीय तहमा विजयी भई तेस्रो पार्टी वनेको छ ।

त्यस्तै, लोकतान्त्रिक फोरम र राप्रपा ३(३ वटा स्थानीय तहमा विजयी भएका छन् भने संघीय समाजवादी फोरम २ स्थानमा विजयी भएको छ ।

प्रकाशित : 11 July, 2017

प्रतिक्रिया दिनुहोस्