केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मुग्लिङ–नारायणगढ सडक खण्ड अवरुद्ध हुदां त्यसको सिदा चाप काठमाडौं, कार्यालय समयमा ट्रक, ट्रिपर र मिनिट्रक काठमाडौंमा भित्रन रोक

सहयात्रा टिभी

काठमाडौं । मुग्लिङ–नारायणगढ सडक खण्ड अवरुद्ध हुदां त्यसको सिदा चाप काठमाडौंमा परेको छ । सो सडक सञ्चालन हुँदा बिपी राजमार्गमा दैनिक एक हजार ५ सयको हाराहारीमा मात्रै सवारी आवागमन हुनेमा उमुग्लिङ–नारायणगढ सडक खण्ड अवरुद्ध हुदां बिपी राजमार्गमा दैनिक ६ हजार ५ सयको हाराहारीमा सञ्चालन हुने वताईएको छ ।
काठमाडौंमा कार्यलय समयमा अत्याधिक चाप वढेका कारण सरकारले बुधबारदेखि काठमाडौंको चक्रपथ क्षेत्रमा बिहान र बेलुका ट्रक, ट्रिपर र मिनि ट्रक सञ्चालनमा रोक लगाएको छ ।

यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र ट्रक तथा ट्रिपर व्यवसाय महासंघ, यातायात व्यवसायी राष्ट्रिय महासंघको मंगलबार यातायात व्यवस्था विभागमा बसेको संयुक्त बैठकले कार्यलय समय अर्थात बिहान ९ बजेदेखि ११ बजे तथा बेलुका ४ बजेदेखि ७ बजेसम्मका लागि ट्रक, ट्रिपर र मिनि ट्रक सञ्चालनमा रोक लगाउनका लागि निर्णय गरेको थियो ।

कार्यलय समयमा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुली लगायत जिल्लाबाट भित्रिने ट्रक, मिनिट्रक र टिप्परमा रोक लगाइएको छ । कोटेश्वर क्षेत्रमा गाडीको चाप बढी भएकाले चक्रपथ क्षेत्रमा ट्रिपर सञ्चालनमा रोक लगाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले वताएको छ । मुग्लिङ–नारायणगढ सडक रातमा वन्द हुने र दिनमा खोलिएको कारण कोटेश्वर क्षेत्रमा गाडीको चाप बढेको भन्दै चापलाई कम गर्न उक्त निर्णय गरिएको हो ।

 

प्रकाशित : 12 July, 2017

प्रतिक्रिया दिनुहोस्