सर्वोच्चद्धारा राजश्व विभागका निलम्वित शर्मालाई थुनामा राख्नुको कारण आगामी शुक्रबार पेश गर्न विपक्षीका नाममा आदेश

सहयात्रा टिभी

काठमाडौ । भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका आन्तरिक राजश्व विभागका निलम्वित महानिर्देशक चुडामणि शर्मालाई थुनामा राख्नुको कारण प्रष्ट पार्न सर्वोच्च अदालतले माग गरेको छ । सर्वोच्च अदालतले शर्मालाई थुनामुक्त गर्न आदेशको माग गर्दै दायर रिट माथि कारण देखाउ आदेश जारि गरेको हो । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले शर्मालाई थुनामा राख्नुको कारण आगामी शुक्रबार पेश गर्न विपक्षीका नाममा आदेश समेत जारी गरेको छ ।

गैह्रकानुनी रुपमा हिरासतमा राखेको भन्दै तत्काल रिहाईको माग गर्दै शर्माकी श्रीमती कल्पना उप्रेतीले हिजो सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । तत्कालीन कर फछ्र्यौट आयोगको सदस्य सचिवकै हैसियतमा अनियमित तरिकाले कर छुट दिएको भन्दै अख्तियारले शर्मामाथि अनुसन्धान गरिरहेको छ । शर्मा गएको जेठ १९ गते पक्राउ परेका थिए भनृ उनलाई अख्तियारले ३ अर्ब रुपैयाँ धरौटीमा छाड्ने भने पनि सो वरावरको धरौटी शर्माले नुबझाएपछि उनी हिरासतमा नै छन् ।

प्रकाशित : 13 July, 2017

प्रतिक्रिया दिनुहोस्