अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा ११ अर्ब भ्रष्टाचार गरेको ठहर गर्दै शर्मासहित तीन जना विरुद्ध मुद्दा

सहयात्रा टिभी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका आन्तरिक राजश्व विभागका निलम्वित महानिर्देशक चूडामणि शर्मासहित आयोगका दुई सदस्य लुम्बध्वज महत र उमेश ढकाल सहित तिन जना विरुद्ध झण्डै ११ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गर्ने निर्णय गरेको छ । आयोगले भ्रष्टाचारको अभियोगमा तिन जना विरुद्ध बिहीबार मुद्दा दर्ता गर्ने निर्णय गरेको हो । आयोगका उच्च अधिकारीका अनुसार हालसम्म कर फछ्र्योट सम्बन्धी ४५ फाइलको अध्ययन गर्दा १० अर्ब ९५ करोड रुपैयाँ भ्रष्टाचार भएको र अरु फाइल अध्ययन गर्दा थप भ्रष्टाचारको विवरण आउन सक्ने अनुमान गरिएको छ । हालसम्म  १० अर्ब ९५ करोड भ्रष्टाचार भएको ठहरसहित शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिएको हो ।

भ्रष्टाचार गरेको आरोपमा आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मालाई पक्राउ गरिएपनि तत्कालीन कर फछ्र्योट आयोगका सदस्यद्वय महत र ढकाल भने हालसम्म फरार छन् । यो नै आयोगको इतिहासमै सबैभन्दा ठूलो भ्रष्टाचारसम्बन्धी विषय हो ।

प्रकाशित : 13 July, 2017

प्रतिक्रिया दिनुहोस्