केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तोकिएको १० दिनभित्र प्रस्तावित प्रधानन्यायाधीश पराजुलीविरुद्ध एउटा पनि उजुरी परेन, सुनुवाइ आइतबार हुने

सहयात्रा टिभी

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध हालसम्म एउटा पनि उजुरी परेको छैन । संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको १० दिनको समय भित्र एउटा पनि उजुरी नपरेको हो ।

संसदीय समितिले प्रस्तावित प्रधानन्यायाधीश विरुद्ध संसदीय सुनुवाइअघि सर्वसाधारणसँग पनि उजुरी माग्ने कार्यविधि वमोजिम १० दिनको समय सिमा दिएको थियो । १० दिन भित्र सर्वसाधरण लगायत अन्य ठांउवाट पनि हालसम्म एउटा पनि उजुरी नपरेका कारण संसदिय समितिले अव सुुनुवाइ प्रक्रिया अघि बढाउनेछ । प्रस्तावित प्रधानन्यायाधीश पराजुलीको आइतबार सुनुवाइ गर्ने तयारी समेत गरिएको समिति सचिवालयले जनाएको छ ।

प्रकाशित : 14 July, 2017

प्रतिक्रिया दिनुहोस्