केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सास गन्हाउने समस्यावाट पिडित हुनुुहुन्छ ? यि उपाय अवलम्वन गर्नुहोस्

सहयात्रा टिभी

एजेन्सी । तपाईको सास कत्तिको गन्हउछ ? बोल्दा वा संगै वस्दा आडमा वस्नेहरुलाई पनि गाह्रो पार्ने गरि तपाईको सास गन्हाउछ भने त तपाई सजग हुनैपर्छ । कतै तपाईलाई सास गन्हाउने समस्या भएर अरु सँग बोल्दा पनि डराएर कपडाले मुख छोपेर बोल्नु पर्ने अवस्था त छैन ? यदि सास गन्हउने समस्या छ भने यि कुरामा ध्यान दिनुहोस्, र यि उपाय अवलम्वन गर्नुहोस ।

पुदिना
पुदिनाको पात प्राकृतिक रुपमा माउथ फ्रेसनर हो, जुन मुखको दुर्गन्ध हटाउन निकै प्रभावकारी भुमिका खेल्दछ । पुदिनाको पात नियमित सेवन गर्ने हो भने सास गन्हउन कम हुन्छ ।

ल्वाङ
ल्वाङ सास गन्हाउने समस्याको अर्को अचुक औषधी हो । सार्थ ल्वाङ धेरै रोगको औषधी पनि हो । ल्वाङको प्रयोग दातको किरा मार्न र सर्दि भगाउन पनि निकै फाईदाजनक देखिन्छ ।

अम्बा
अम्बाको मुन्टा (पात) र फल दुवैले सास गन्हाउने समस्याबाट मुक्ति दिन्छ ।

अनार
अनारको फुल र फल दुवैले सास गन्हाउने समस्या निराकरण गर्छ भने, रोग प्रतिरोधात्मक क्षमता वृद्धि पनि गराउछ ।

सुकमेल
खानापछि सुकमेल खाने बानी बसाल्न जरुरी देखिन्छ । यस समस्याको समाधानको लागी एक गेडा सुकमेल करिब आधा घण्टा सम्म मुखमा राखेर विस्तारै चपाईरहनुपर्ने हुन्छ, जसले गर्दा तपाईको सास गन्हाउन रोकिन्छ ।

धनिया
खानापछि धनियाको पात चपाउने हो भने पनि सास फ्रेस हुन्छ र दुर्गन्ध हट्छ ।

 

प्रकाशित : 14 July, 2017

प्रतिक्रिया दिनुहोस्