केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्वाचन आयोगद्धारा मतदाता नामावलीमा नाम लेखाउन सवैमा अपिल, नाम दर्ताका लागि भने आफ्नै जिल्ला जानुपर्ने

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउन आग्रह गरेको छ । आयोगले साउन १ देखि १५ सम्म स्थायी ठेगानामा गएर नाम दर्ता गराउन सबैसँग आग्रह गरेको हो ।

आयोगले फोटोसहितको मतदाता नामावली प्रदेश र संघीय संसदको चुनावका लागि अध्यावधिक गर्नका लागि नामावली लेखाउन भनेको हो । तर नाम लेखाउन आफ्नै जिल्ला जानुपर्ने आयोगले जनाएको छ । यदि बसाईसराई भएको भए नाम दर्ता गराउन नागरिकता र बसाईसराईको प्रमाण भएमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयवाट पनि नाम दर्ता गराउन मिल्ने जनाईएको छ ।

प्रकाशित : 14 July, 2017

प्रतिक्रिया दिनुहोस्