केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इटहरीमा भीषण आगलागी, ६ करोड भन्दा बढिको क्षति

सहयात्रा टिभी

सुनसरी । इटहरीको पश्चिमलाईन राधाकृष्ण पेट्रोल पम्पको छेउमा रहेको विराट आयुर्वेद एवंम बालाजी मार्वल एन्ड सेनेटरीमा शुक्रबार राति भीषण आगलागी भएको छ । आगलागीवाट झण्डै साढे ६ करोड रुपैयाँँ भन्दा वढिको क्षति भएको जनाईएको छ । झण्डै चार घण्टा पछि आगो निभाइएको थियो ।

आगो नियन्त्रणका लागि इटहरी, धरान, इनरूवा र विराटनगर गरि ५ वटा दमकलको सहायातावाट आगो निभाईएको थियो । विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने आशंका गरिएको छ ।

 

प्रकाशित : 14 July, 2017

प्रतिक्रिया दिनुहोस्