केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पदीय जिम्मेवारी र अधिकारको दुरुपयोग गरि कानून र अनुशासन उलङ्घन गरेको आरोपमा मकाउका पूर्व महान्यायाधिवक्ता मेङलाई २१ वर्ष जेल सजाय

सहयात्रा टिभी

काठमाडौं । चीनको मकाउमा पूर्व महान्यायाधिवक्ता हो चिओ मेङलाई २१ वर्ष जेल सजाय सुनाइएको छ । चीनको मकाउका विषेश प्रशासनिक क्षेत्रको अदालतले उनलाई कानुन र अनुशासन नमानेको अभियोगमा अन्तिम फैसला गर्दै २१ वर्ष जेल सजाय सुनाएको हो ।

मकाउ प्रशासनिक क्षेत्रको सार्वजनिक निकायको प्रमुखको हैसियतमा रहंदा चिओ मेङले पदीय जिम्मेवारी र अधिकारको दुरूपयोग गर्नुका साथै कानून र अनुशासनको उलङ्घन गरेकोमा उनलाई सो सजाय सुनाइएको हो । कानून र अनुशासनको उलङ्घन गरेको आरोपमा उनी सन् २०१६ मा पक्राउ परेका थिए । मेङले नियम कानून उलङ्घन गरेकाले उनिविरुद्धको मुद्दा झनै जटिल बन्दै गएको मकाउ डेली टाइम्समा खबर छ ।

प्रकाशित : 15 July, 2017

प्रतिक्रिया दिनुहोस्