केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राप्रपामा आन्तरिक विवाद, एकीकृत पार्टी सञ्चालनका लागि षड्यन्त्र होइन, राजनीति गरेरै देखाउन थापालाई राणाको चुनौती

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा विभाजनको संघारमा पुगेको छ । राप्रपाका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले पार्टी नेतृत्वले प्रजातान्त्रिक व्यवहारलाई अवलम्बन नगर्ने हो भने पार्टीमा फुट आउन सक्ने बताउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित कार्यकर्ता भेलामा उहाँले पार्टी नेतृत्वले प्रजातान्त्रिक व्यवहारलाई अवलम्बन नगर्ने र यस्तै व्यवहार गर्दै जाने हो भने पार्टी एकतामा चुनौती रहने औँल्याउनुभएको छ । पार्टीभित्र एक्लिँदै गएका अध्यक्ष कमल थापाले शुक्रबार एकतर्फी रूपमा केन्द्रीय सदस्यमा ४२ जनालाई मनोनयन गरी निर्वाचन आयोगमा सूची पठाएपछि राप्रपाका वरिष्ठ नेता राणाले सो संकेत दिनुभएको हो । थापाले एकपक्षीय रूपमा केन्द्रीय सदस्य मनोनयन गरेपछि राणाले एकीकृत पार्टी सञ्चालनका लागि षड्यन्त्र होइन, राजनीति गरेरै देखाउन दिनुभएको छ । राप्रपा पाँच महिनाअघि मात्रै एकीकरण भएको थियो ।

मुलुकमा विद्यमान समस्या समाधान गरी मधेस केन्द्रित दललाई सहमति र विश्वासमा लिएर चुनावमा जानुपर्ने उहाँले उल्लेख गर्नुभयो । यस्तै, संविधान संशोधनको प्रस्ताव परिमार्जन भएपछि त्यसको पक्षमा रहने निर्णय पार्टीले गरिसकेको अवस्थामा त्यसलाई कार्यान्वयन गराउनुपर्नेमा वरिष्ठ नेता राणाले जोड दिनुभयो ।

अध्यक्ष थापाले केन्द्रीय समितिमा नेपालको राजनीतिका शिखर पुरुष विश्वबन्धु थापा, भाष्कर भद्रा, लक्ष्मीप्रसाद संग्रौला, मधु अधिकारी, मुकुन्दश्याम गिरी, पुष्करराज जोशी, हिक्मत ढकाल, हिक्मतसिंह भण्डारी, इन्द्र चित्रकार, रमानन्द न्यौपाने, रविन चाम्लिङ, लालध्वज लामा, नारायण श्रेष्ठ, जनक कुँवरलगायतलाई मनोनयन गर्नुभएको हो । यसैगरी, किरण गिरी, प्रदीप उदय, मदनबहादुर कार्की, धनबहादुर थापा, बाबुकाजी प्रधान, दिलीपबहादुर बस्नेत, पुष्पराज पुरुष, कर्णबहादुर बुढा, धर्मराज जोशी, अर्जुन राई, सुरेन्द्र केसी, रामेश्वर थापा, उज्वलविक्रम थापा, पतिराम चुनार, बिन्दा गिरी, पवित्रा सुब्बा श्रेष्ठ, सरस्वती केसी, भरत पाठक, ओमप्रकाश आजाद, तीर्थराज चटौत, पदमबहादुर बस्नेत, वसन्तमानसिंह अधिकारी, भूपाल किराँती, रोहित राजवंशी, राजकुमार पोखरेल, विश्वेश्वर शर्मा, डा. विष्णु भण्डारी र राजेन्द्रवीर राय समेत गरि थापाले ४२ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको थियो ।

 

प्रकाशित : 15 July, 2017

प्रतिक्रिया दिनुहोस्