केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रमुख निर्वाचन आयुक्त यादवसहित पाँचै जना आयुक्तहरुका लागि चाहियो १/१ करोड पर्ने गाडी, गाडी खरिदका लागि टेन्डर आह्वान

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहित पाँचजना अन्य आयुक्तका लागि गाडी खरिद गर्न टेन्डर आह्वान गरेको छ । आयोगले शुक्रबार विज्ञापन प्रकाशित गरी ५ वटा गाडी खरिदका लागि टेन्डर आह्वान गरेको हो । उनिहरुले हाल भईरहेका गाडी पनि महँगा नै प्रयोग गर्ने गरिएको भएपनि उनिहरुले हालको भन्दा थप महँगो गाडी खरिदका लागि टेन्डर आह्वान गरेका हुन् ।

यहि मुद्धामा असहमति जनाउदै आएका सचिव गोपीनाथ मैनालीलाई आयोगबाट सरुवा गरिएपछि हाल आयोगले प्रक्रिया नपुर्‍याई महँगो गाडी खरिद गर्न टेन्डर आह्वान गरेको छ । प्रमुख निर्वाचन आयुक्त यादवसहित आयुक्तहरूको दबाबमा सचिव मैनालीलाई सरुवा गरिएको यसअघि सार्वजनिक भईसकेको छ । हाल कायममुकायम सचिवमा महेश्वर न्यौपानेलाई आयोगमा ल्याइएपछि गाडी खरिद प्रक्रिया सुरु गरिएको हो ।

शुक्रवार प्रकाशित गरिएको टेन्डर आह्वानमा प्रत्येक आयुक्तलाई एक/एक करोडसम्मको गाडी खरिदका लागि १९ साउनभित्र आवेदन दिन सकिने र साउन ३२ मा नयाँ गाडीको टेन्डर खोल्ने व्यहोरा उक्त सूचनामा उल्लेख गरिएको छ ।

 

 

प्रकाशित : 15 July, 2017

प्रतिक्रिया दिनुहोस्