केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ललितपुर महानगरपालिकाको बजेट ३ अर्ब २२ करोड ९१ लाख, फ्लाइओभर देखि मोनो रेल सम्म संचालन ल्याईने

सहयात्रा टिभी

ललितपुर । ललितपुर महानगरपालिकाले आ.व. ०७४/०७५ का लागि ३ अर्ब २२ करोड ९१ लाख १० हजारको बजेट सार्वजनिक गरेको छ । शनिबार बजेट सार्वजनिक गर्दै ललितपुरका मेयर चिरिबाबु महर्जनले सार्वजनिक सेवा प्रवाहमा सुधार गर्ने, दिगो शहरी पूर्वाधार विकास र वैकल्पिक उर्जा प्रर्वधन, संस्कृति सम्पदा संरक्षण र पुनर्निर्माणमा विशेष जोड दिइने बताउनुभयो ।

यस्तै, पुल्चोकदेखि वागमती पुलसम्म १ दशमलव ४ किलोमिटरको फ्लाइओभर बनाउनका लागि सो वारे सम्भाव्यता अध्ययन सुरु भैसकेको पनि उहाँले जानकारी दिनुभयो । त्यस्तै, मोनो रेल संचालनका लागि काठमाडौं महानगरपालिकासँग समन्वयन गर्ने, सवारी चाप बढी हुने ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने, शंखमुलमा विद्युतीय शवदाह गृह निर्माण गर्ने, महानगरका ठाउँ ठाउँमा शौचालय निर्माण गर्ने लगायत नीति तथा कार्यक्रम उक्त वजेट भित्र पारिएको छ ।

प्रकाशित : 15 July, 2017

प्रतिक्रिया दिनुहोस्