केपी ओली प्रचण्ड माधव नेपाल एमाले


म्याग्दीको एक घरमा बाहिरवाट ताला लगाएर जुवा खेलिरहेका ८ जना पक्राउ

सहयात्रा टिभी

म्याग्दी। म्याग्दीको सदरमुकाम बेनी नगरपालिका–७ बेनी बजारको बैंकरोड नजिकै एक घरमा जुवा खेलिरहेको ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । सो घरमा जुवा खेलिरहेको अवस्थामा एक महिलासहित ८ जना पक्राउ परेका हुन् । तीन तले घरको बाहिरवाट च्यानल गेट बन्द गरी जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

पक्राउ पर्नेमा जुवाघर सञ्चालिका समेत रहेकी मालिका गाउँपालिकाकी पार्वती पुन भनिने सविनासहित ८ जना पुरुषलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा म्याग्दी जिल्लाका र विभिन्न जिल्लाबाट आएका व्यक्तिहरु रहेका छन् । जुवाखालबाट प्रहरीले तास र पैसा हुने ठाउँमा गोटी मात्रै भेटिएको जनाएको छ । जुवाखालवाट एक रुपैयाँ पनि नगद भेटिएन, यसलाई हामीले गंभिरतापूर्वक हेरेका छौं प्रहरीले भनेको छ ।

प्रकाशित : 15 July, 2017

प्रतिक्रिया दिनुहोस्