केपी ओली प्रचण्ड माधव नेपाल एमाले


११ डीआईजीको नाम एआईजीमा बढुवाका लागि सिफारिस, नवराज सिलवाल भने परेनन्

सहयात्रा टिभी

काठमाडौं । गृह मन्त्रालयले ११ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । तर ११ एआईजी बढुवाका लागि सिफारिस भएपनि डीआईजी नवराज सिलवाल को नाम भने सिफारिस गरिएको छैन ।

सिलवालको अदालतमा मुद्दा विचाराधिन रहेको भन्दै प्रहरी प्रधान कार्यालयले उनलाई बढुवा सूचीमा छुटाएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।

सिफारिस सूचीमा पर्ने डीआईजीहरुमा क्रमैसंग डीआईजी बमबहादुर भण्डारी, जयबहादुर चन्द, देबेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधव जोशी, विजयलाल कायस्थ,  कमलसिंह बम, मिङ्मार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट रहेका छन् ।

प्रकाशित : 15 July, 2017

प्रतिक्रिया दिनुहोस्