केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘क्लीन फिड नीति’ बाट सरकार पछि हट्यो, साउन १ देखि लागू हुने भनिएको उक्त नीति तत्काल लागू नहुने

सहयात्रा टिभी

काठमाडौं । सरकार विदेशी च्यानलमा विज्ञापन देखाउन नपाईने ‘क्लीन फिड नीति’बाट पछि हटेको छ । सरकारले नेपाली टेलिभिजन वितरक र भारतीय टेलिभजिन प्रशारकको दबावमा साउन १ गते आइतबारदेखि लागू हुने भनिएको ‘क्लीन फीड नीति’ स्थगित गरेको हो । सूचना तथा सञ्चार मन्त्रालयले शनिबार सूचना जारी गरेर आइतबारदेखि लागू गर्ने भनिएको क्लीन फिड नीति तत्कालका लागि स्थगित गरिएको जनाएको छ । सरकारको यो निर्णयपछि साउन १ देखि टेलिभिजन सेवा बन्द गर्ने घोषणा गरेका नेपाली टेलिभिजन वितरकहरुले पनि आन्दोलन फिर्ता लिएका छन् । भारतीय टेलिभिजनले नेपालका लागि छुट्टै फीड नदिने बताएको भन्दै नेपाली केबल ब्यवसायी र डिस होमले आइतबारदेखि सबै टेलिभिजन सेवा बन्द गर्ने चेतावनी दिएको थियो । यो नीति लागू भएपछि केबल तथा डिटिएचहरुले विज्ञापनरहितका विदेशी च्यानल नेपालमा प्रशारण गर्नु पर्ने थियो ।

सरकारले क्लीन फिड नीति कार्यान्वयन गरेरै छाड्ने दाबी गरेपनि सरकार व्यवसायीको दबाबमा निर्णय कार्यान्वयनबाट पछि हटेको नेपाली विज्ञापनकर्ताले आरोप लगाएका छन् । नेपालमा प्रसारण हुने विदेशी च्यानल विज्ञपानरहितका देखाउँदा ती च्यानलबाट आउने विज्ञापन नेपालको विज्ञापन एजेन्सी र टिभी सञ्चालकले पाउने थिए । जसबाट नेपालको अर्थतन्त्रलाई समेत फाइदा पुग्ने थियो ।

प्रकाशित : 15 July, 2017

प्रतिक्रिया दिनुहोस्