चालु आर्थिक वर्षको बजेट खर्च ७८ दशमलव पाँच शून्य प्रतिशत, तर राजष्व भने लक्ष्य राखेभन्दा बढी उठ्यो

सहयात्रा टिभी

काठमाडौं । चालु आर्थिक वर्ष ०७३/०७४ को लागि सरकारको बजेट ७८ दशमलव पाँच शून्य प्रतिशत खर्च भएको जनाइएको छ । आ. ब. को अन्तिम दिन शनिवारको तथ्यांक अनुसार ८ खर्ब २३ अर्ब ४१ करोड ६५ लाख ६० हजार रुपैयाँ खर्च भएको छ । तर राजष्व भने लक्षित गरे भन्दा बढी उठेको जानकारी दिइएको छ ।

925

लक्षित बजेटको तुलनामा १ सय ८ दशमलव एक आठ प्रतिशत राजश्‍व उठेको महालेखा नियन्त्रकको कार्यलयले जनाएको छ । चालु आर्थिक वर्षमा ५ सय ६५ अर्ब ८९ करोड ६५ लाख राजश्‍व उठ्ने लक्ष्य राखेको थियो । यस वर्षको ६ खर्ब १२ अर्ब १९ करोड ३९ लाख ३३ हजार राजश्‍व उठेको जनाईएको छ ।

 

प्रकाशित : 15 July, 2017

प्रतिक्रिया दिनुहोस्