केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रामेछापमा शनिवार रातिको भीषण बर्षाले सवारी तर्ने पुल र घरहरु बगायो, २ को मृत्यु ५ जना वेपत्ता

सहयात्रा टिभी

काठमाडौं । शनिवार राति देशका अधिकांश ठांउमा ठूलो वर्षा भएको छ । बर्षापछि धेरै ठांउमा बाढि र पहिरोले ठूलो धनजनको क्षति गराएको छ । यसक्रममा, रामेछापमा गएराति भीषण वर्षापछि आएको बाढीले सवारी तर्ने पुल र घरहरु पनि बगाएको छ । मध्यराति आएको बाढीले नयां निर्माण गरिएको पक्की पुल र खोला किनाराका केही घर बगाएको स्थानियले जानकारी दिएका छन् ।

जिल्लाको गोकुलगंगा र लिखु गाउँपालिका भएर बग्ने खिम्ती र छतिवन खोलामा आएको बाढीले घर बगाउँदा २ जनाको मृत्यु भएको छ । ५ जना वेपत्ता छन् भने ७ जना घाइते भएका छन् । बाढीले बगाउँदा ६८ वर्षकी बालकुमारी खत्रीको ज्यान गएको रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको छ ।

घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय खिम्तीको टोली उद्धारका लागि घटनास्थल पगिसकेको छ । गएरातिको भीषण वर्षापछि बाढीले सवारी तर्ने पुल बगाएपछि रामेछाप, ओखलढुंगा, सोलु र जिरीतर्फ भएर आवातजावात गर्नका लागि सो सडक अवरुद्ध भएको छ ।

प्रकाशित : 16 July, 2017

प्रतिक्रिया दिनुहोस्