केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आइतबार अर्थात साउन १ देखि नयाँ मतदाता नामावली संकलन शुरु (बिज्ञप्ती सहित )

सहयात्रा टिभी

काठमाण्डौं । निर्वाचन आयोगले मतदाता नामावालीमा नाम दर्ताका गराउनका लागि साउन १ अर्थात आइतबारवाट नामावली संकलन तथा अद्यावधिक कार्य शुरु गरेको छ । आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि यसअघि बैशााख ३ गते आयोगले सार्वजनिक गरेको मतदाता नामावलीमा नाम समाबेश नभएका र साउन १ गतेसम्म १८ बर्ष पूरा भएका मतदाताहरुको नाम मतदाता नामावलीमा समाबेश गर्नका लागि मतदाता नामावली संकलनको कार्य शुरु गरेको हो ।

निर्वाचन आयोगले साउन १ देखि १५ सम्म मतदाता नामावली दर्ताका लागि समयावधि दिइसकेको छ । यद्यपि राजनीतिक दलहरुले भने साउन १५ सम्म आयोगले तोकेको मिति छोटो भएका कारण समय लम्व्याएर साउन महिनाभरि थप्न र आफू वसोवास गरिरहेको जिल्लावाट पनि नाम दर्ता गर्नुपर्ने आयोगलाई आग्रह गरेका छन् ।

प्रकाशित : 16 July, 2017

प्रतिक्रिया दिनुहोस्