केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानन्यायाधीशमा पराजुलीको नाम सर्वसम्मतिले अनुमोदन, ‘मुस्कान सहितको सेवा’ सुरु गरिने पराजुलीको प्रतिवद्धता

सहयात्रा टिभी

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले गोपाल पराजुलीलाई प्रधानन्यायाधीशमा सर्वसम्मतिले अनुमोदन गरेको छ । आईतवार बिहान बसेको संसदीय सुनुवाई विशेष समिति बैठकले पराजुलीलाई सर्वसम्मतीले प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो । संसदीय सुनुवाई विशेष समितिको बैठकमा उपस्थित प्रस्तावित प्रधानन्यायाधीश पराजुलीले पद्दती र प्रणाली बमोजिम आफूले काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ । त्यस्तै, सो बैठकमा ३९ बुँदे कार्ययोजना पेश गर्दै पराजुलीले न्यायालयमा ‘मुस्कान सहितको सेवा’ सुरु गर्ने पनि बताउनुभएको छ ।

सुनुवाईका लागि उहाँविरुद्ध उजुरी गर्न समितिले दिएको १० दिनको समय सिमा भित्र एउटा पनि उजुरी नपरेको कारण पराजुलीलाई सर्वसम्मतिले प्रधानन्यायाधीशमा अनुमोदन गरिएको हो । समितिले नियुक्तिका लागि सिफारिस गरेपछि अब उहाँलाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्नुहुनेछ ।

प्रकाशित : 16 July, 2017

प्रतिक्रिया दिनुहोस्