केपी ओली प्रचण्ड माधव नेपाल एमाले


समाजवादी र नयाँ शक्तिको संयुक्त वक्तव्य, संसद भन्दा पहिला प्रदेशको चुनाव गराउन माग

सहयात्रा टिभी

काठमाडौं । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमले आईतवार संयुक्त वक्तव्य जारी गर्दै २ सय ४० निर्वाचन क्षेत्र स्वीकार नहुने बताएका छन् । समाजवादी र नयाँ शक्तिले संयुक्त रुपमा २ सय ४० निर्वाचन क्षेत्र स्वीकार नहुने बताएका हुन् । संघीय संसद भन्दा पहिला प्रदेशको चुनावगराउनु पर्ने माग राखेका छन् । उनिहरुले संसदमा पेश भएको संविधान संशोधननलाई तत्काल टुंग्याएर राजनीतिक समस्या सामाधान गर्न आग्रह गरेका छन् ।

साथै, राज्य पुनर्संरचनाको कुनै पनि बहस हुँदा आन्दोलनका उपलब्धिहरुबाट पछि हट्न नपाइने उनिहरुले वक्तव्यमा जनाएका छन् । संविधान संशोधन नभए राजनीतिक संकट निम्तीन सक्ने पनि चेतावनी दिएका छन् । संघीयता, गणतन्त्र, धर्मनिरेपक्षता, समावेशिता जस्ता विषयलाई उल्ट्याउन खोज्ने कुनै पनि गतिविधि हामीलाई स्वीकार्य हुने छैन नेताद्धयको भनाई छ ।

प्रकाशित : 16 July, 2017

प्रतिक्रिया दिनुहोस्