केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डा. केसी साउन ९ गतेदेखि पुनः अनशन बस्ने

सहयात्रा टिभी

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनसन वस्दै आएका शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसी पुनः अनसन वस्ने भएका छन् । आइतबार विज्ञप्ति निकालेर डा. केसीले साउन ९ देखि अनशन बस्ने घोषणा गरेका हुन् । डा. केसीले चिकित्सा शिक्षा सुधार गर्न माग राखेर बारम्बार सरकारको ध्यानाकर्षण गरे पनि सुनुवाई नभएको भन्दै फेरि अनशन वस्ने घोषणा गरेका हुन्।

यसअघि आफूले राखेको माग पूरा गर्न सरकारलाई असार ३१ सम्मको अल्टिमेटम दिएको तर पूरा नभएकाले आफूले पुनः अनशन वस्ने घोषणा गरेको जानकारी दिए ।

प्रकाशित : 16 July, 2017

प्रतिक्रिया दिनुहोस्