केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रहेनन् सिक्किमका पूर्व मुख्यमन्त्री भण्डारी

सहयात्रा टिभी

झापा । सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको आइतबार निधन भएको छ । मेरुदण्डको समस्या रहेका ७७ बर्षिय भण्डारीको भारतको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको उनको पारीवारिक स्रोतले जानकारी दिएको छ । उनको केही दिनअघि मात्र उहाँको मेरुदण्डको शल्यक्रिया भएको थियो ।

सन् १९७३ सालमा भएको सिक्किमको राजतन्त्र विरुद्धको आन्दोलनपछि सिक्किमलाई भारतमा गाभ्ने वा नगाभ्ने भनेर गरिएको जनमत संग्रहका बेला भण्डारी सिक्किम भारतमा गाभ्ने पक्षमा थिए । उनी मुख्य मन्त्री हुदां सन् १९९२ मा आठौं अनुसूचीमा गाभेर भारतको केन्द्र सरकारले नेपाली भाषालाई मान्यता दिएको थियो । उनको कार्यकालपछि पवनकुमार चाम्लिङ सिक्किमको मुख्यमन्त्री बनेका हुन् ।

प्रकाशित : 16 July, 2017

प्रतिक्रिया दिनुहोस्