केपी ओली प्रचण्ड माधव नेपाल एमाले


साउन महिनाको पहिलो सोमबार आजः शिवालयहरुमा भक्तजनको घुइँचो, यस वर्षको साउने सोमवार ५ वटा

सहयात्रा टिभी

काठमाडौं । आजदेखि साउने मेला सुरु भएको छ । साउन महिनाको पहिलो सोमवार अर्थात आज हिन्दुहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिई ब्रत वसी भगवान शिव पार्वतीको पुजा आराधना गरि मनाउदैछन् । हरेक वर्षको साउने सोमबार विशेष गरि हिन्दू महिलाहरुले भगवान शिवको उपासना तथा निराहार ब्रत वस्ने गर्दछन् । साउने सोमबारका दिन हरियो, रातो र पहेंलो पहिरन तथा चुरा पोते लगाइ व्रत वस्ने चलन छ । विशेष गरि यि रङहरु शिव भगवानको प्रतिकका रुपमा लिईने गरिन्छ । यसरी निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा आफ्नो मनोकांक्षा पूरा हुने विश्वासका साथ साउने सोमवार व्रत वस्ने परम्परा रहि आएको छ ।

यस वर्षको साउने सोमवार ५ वटा परेको कारण अझ वढि शुभ हुने धार्मिक विश्वास रहि आएको छ । आज पहिलो साउने सोमबार भएका कारण पनि राजधानी लगायत देशका विभिन्न शिवालयहरुमा भक्तजनहरुको घुइँचो लागेको छ ।

प्रकाशित : 17 July, 2017

प्रतिक्रिया दिनुहोस्