केपी ओली प्रचण्ड माधव नेपाल एमाले


११ वर्षकी बालिका गर्भवती भएपछि गाउँ निकाला, बालिकाको विचल्ली

सहयात्रा टिभी

भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिका ५ याकुमा ११ वर्षीया बालिका गर्भवती भएको थाहा पाएपछि उनलाई गाउँ निकाल गरिएको छ । बालिकालाई छिमेकी २० वर्षका दुर्गाबहादुर श्रेष्ठले ललाई फकाइ शारीरिक सम्पर्क राखेपछि गर्भवती भएको स्थानीय बासिन्दाले जनाएका छन् । बालिकाको बुवा नेवार र आमा दलित समुदायको भएको भनेर केटा पक्षले नभित्राउने भन्दै धम्की दिएको स्थानियको भनाई छ । २० वर्षका श्रेष्ठले बालिकासँग ०७३ साल पुस ९ गते शारीरिक सम्बन्ध राखेका थिए । हाल बालिका ‘६ महिनाको गर्भवती छन् ।

घटना बाहिरिएपछि श्रेष्ठले बालिकालाई धरान लिएर गएको र धरान पुगेर बालिकालाई विचमा अलपत्र छाडेर भागेपछि बालिका विचल्लीमा परेकी छन् ।

प्रकाशित : 17 July, 2017

प्रतिक्रिया दिनुहोस्