केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माओवादी बैठकमा हारको समिक्षा, प्रचारका लागि छुट्याईएको रु १० करोड हिसावकिताव खोजियो

सहयात्रा टिभी

काठमाडौ । नेकपा माओवादी केन्द्रका नेताहरु स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन व्होर्नुपरेको हारको समिक्षा स्वरुप पुनः बैठक वसि पराजयको हल खोज्न जुटेका छन् । सोमवार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा केन्द्रका नेताहरुले पहिलो र दोस्रो चरणको चुनावमा व्यहोरेको हारपछि सो हारवाट पाठ सिक्नुपर्ने औल्याएका छन् ।

निर्वाचन प्रचारका लागि प्रचारप्रसार विभागले लिएको १० करोड रुपैयाको बिषय पनि बैठकमा उठेको छ । प्रचारका लागि छुट्याएको रु १० करोड कहां र कसरी खर्च गरियो प्रष्ट जानकारी हुनुपर्ने नेताहरुले जोडदार रुपमा सो विषय उठान गरेका छन् । एक नेताका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन प्रचारका लागि भनेर प्रवक्ता पम्फा भुसाललाई १० करोड रुपैया दिएको खुल्न आएको छ । माओवादी केन्द्रले पहिलो र दोस्रो स्थानीय तहको निर्वाचनमा ८४ तहमा मात्रै जितेको छ ।

प्रकाशित : 17 July, 2017

प्रतिक्रिया दिनुहोस्