केपी ओली प्रचण्ड माधव नेपाल एमाले


छिटो र कम खर्चमा न्याय दिने पहिलो प्रथमिकता: नवनियुक्त प्रधानन्यायाधीश पराजुली

सहयात्रा टिभी

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीले सोमबार सर्वोच्च अदालतमा पदभार ग्रहण गर्नुभएको छ । नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीले पदभार ग्रहण गर्दै गर्दा अव अनलाइनबाटै अदालतमा म्याद तामेली गर्न सकिने उपायको खोजी गर्ने पनि बताउनु भएको छ । ‘सूचना र प्रविधिको प्रयोग गरी अनलाइनबाटै म्याद तामेली, तारेख कम खर्चमा गर्न सकिने, न्यायिक सुधार गर्दै जानेतर्फ आफ्नो ध्यान केन्द्रित भएको प्रधानन्यायाधीश पराजुलीको भनाई थियो ।

नवनियुक्त प्रधानन्यायाधीश पराजुलीले आफूले न्यायिक सुधारसम्बन्धी ३९ बुँदे कार्ययोजना तय गरेको र सोहीअनुसार काम गर्ने उल्लेख गर्नुभएको छ । यस्तै उहांले छिटो र कम खर्चमा न्याय दिने गरी आफूले काम गर्ने बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिए लगत्तै सर्वोच्च अदालतमा आएर प्रधानन्यायाधीशका रुपमा पदभार ग्रहण गर्नुभएको हो ।

 

प्रकाशित : 18 July, 2017

प्रतिक्रिया दिनुहोस्