केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भरतपुरकाण्डको सुनुवाइ फेरी सर्यो, अर्को सुनुवाई साउन ८ गते

सहयात्रा टिभी

काठमाडौँ । भरतपुर महानगरपालिका वडा नम्बर १९ को पुनः मतदान गर्ने कि के गर्ने भन्ने विषयमा सर्वोच्च अदालतमा सोमबार हुने भनिएको सुनुवाइ समय अभावको कारण देखाउदै फेरि सरेको छ ।

पटक पटक गरि सर्दै आएको मुद्दाको सोमबार न्यायाधीशहरु ओम प्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा सुनुवाइ भएको थियो । सोमवारको सुनुवाइमा रिट निवेदकका पक्षबाट अधिवक्ता टिकाराम भट्टराईले बहस गरेका थिए । तर समय अभावको कारण देखाउदै भरतपुरको मुद्दा हेर्दाहेर्दैमा परेको छ । अव अर्को सुनवाइ साउन ८ गतेलाई तोकिएको छ ।

प्रकाशित : 18 July, 2017

प्रतिक्रिया दिनुहोस्